बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको कोर एरिया भित्र घना झारीमा मंगलबार राती मृत बाघ फेला परेका हुन ।

ती बाघ आपसमा जुधेर एकहप्ता अगाडी मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले बताउनु भयो ।
निकुञ्जको कोरक्षेत्रमा पानीमा मरेको अवस्थामा भेटिएका वाघ करिब १०/१२ वर्षका भाले भएको निकुञ्ज प्रशासनले जनाएको छ ।






