काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित महादेव स्थान स्वास्थ्य चौकीमा विभिन्न रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शिविरमा आँखा रोग, दाँत तथा जनरल स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद अधिकारीले १३४ जना जनरलतर्फ, १०३ जनाले आँखा र १५६ जनाले दाताको चेकजाँच गरेको बताउनु भयो । उहाँले आँखाको चेकजाँच कलंकीस्थित दृष्टि आँखा केन्द्र, दातको ओम समाज डेण्टल हस्पिटल र जनरलतर्फ थानकोट प्राथमिक अस्पतालका डाक्टरहरुले चेकजाँच गर्नुभएको जानकारी दिनुभयो । उहाँले शिविरमा उपचारकालागि आउनु भएका सम्पूर्ण विरामीका लागि निःशुल्क औषधि, प्राविधिक र आर्थिक सहयोग एनपिएल समाज कल्याण संस्थाले गरेको बताउनु भयो ।

प्रमुख अधिकारीले शिविरमा सहभागी भएकाभई स्वास्थ्य लाभ लिन सम्पूर्णमा अनुरोध पनि गर्नुभएको छ ।

शिविरमा समाज कल्याण संस्था पुल्चोक, ललितपुरको प्राविधिक, औषधि तथा आर्थिक सहयोग र चन्द्रागिरि नगरपालिका वडा नं. ६ तथा महादेवस्थान स्वास्थ्य चौकीको व्यवस्थापनमा स्वास्थ्य शिविर हुन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय