जनकपुरधाम । सीताको जन्मदिनको स्मरण गर्दै जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकीको जन्मदिनको रुपमा मनाइन्छ ।
जनकपुरमा आज झाँकी, भजनकीर्तन तथा पूजाअर्चना गर्दै जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरमा विशेष झाँकीसहितको आरतीको हुनेछ । मधेश प्रदेश सरकारले जानकी नवमीकोको अवसरमा सार्वजनिक विदा दिएको छ ।






