डोल्पाका यार्सा पाटन जेठ ५ गते खुला गरिने भएको छ । डोल्पा सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिले जिल्लाका सबै यार्सापाटनहरु जेठ ५ गते आम संकलकहरुका लागी खुला गर्ने निर्णय गरेको हो ।

डोल्पा जिल्लाका सयौं बुकि पाटनहरुमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि एक महिनाको समयअवधि तोकिएको छ । हरेक वर्ष यार्सागुम्बा संकलनका लागि समितिले सर्वासाधारणका लागि खुला गर्दै आएको छ । जेठको ५ गते खुला हुने यार्सा पाटनहरु असारको ५ गते पुनः बन्द गरिनेछ । तर, यार्सा पाउने समय अलिपछिसम्म रहेमा डिभिजन वन र निकुञ्जको नियमानुसार हेरेफेर गरिनेछ ।

बैशाखको आधादेखी नै यार्सागुम्बा टिप्न मानिसहरु लुकेरै पाटन जाने गरेकाले यो वर्ष चोरी गर्नेहरुलाई नियन्त्रण गर्न निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रका पाटनहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

निकुञ्ज क्षेत्रका वन प्रबेशका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रबेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले पनि सेवा शुल्क वापतको छुटै शुल्क लिने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय