काठमाडौं । चन्द्रागिरि नगरपालिकामा जर्मन विकास बैंक (केएफडब्लु) को आर्थिक र प्राविधिक सहयोगमा परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्माण हुने भएको छ । वडा नम्बर ४ थानकोटस्थित गोदाम नजिकै चोकमा निर्माण गरिन लागेको परोपकार तथा स्त्री रोग अस्पतालका लागि बजेट सुनिश्चितता, जग्गाप्राप्ति, नक्सा पास, वातावरण प्रभाव मूल्यांकन सम्पन्न भएको छ ।

अस्पताल निर्माण आगामी आर्थिक वर्षबाट सुरु गरी सन् २०२७ भित्र पूरा गरिसक्ने लक्ष्य लिइएको छ । अस्पताल निर्माण भएर उपचार सुरुभएसँगै नगरको मात्र नभई नेपालकै मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त हुने नगरपालिकाले लिएको छ ।

नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरका विषयगत समिति संयोजकहरू, सम्बन्धित शाखाका कर्मचारी, जर्मन विकास बैंकका प्रतिनिधि, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबीच अस्पताल निर्माणको विषयमा छलफल भएको थियो ।

जर्मन विकास बैंकले ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि समान प्रकृतिको अस्पताल निर्माण गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय