काठमाडौं । भारतले गएराति पाकिस्तानमा आक्रमण गरेको छ । ‘अपरेशन सिन्दुर’ नाम दिइएको सैन्य कारबाहीमा पाकिस्तानको ९ स्थानमा भारतले मिसाइल आक्रमण गरेको हो ।

आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको त्यहाँको स्थानीय समाचारले जनाएको छ । भारतीय आर्मीले पाकिस्तानको सैन्य क्षेत्रमा आक्रमण नगरेको जनाएको छ । कश्मीरको पलगाममा ​ २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही गरेको भारतले जनाएको छ । जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए ।

भारतले आतंकवादी रहेको स्थानमा आक्रमण गरेको जनाएको छ । भारतले पाकिस्तानमा आक्रमण गरेपछि पाकिस्तानले पनि जवाफी आक्रमण गरेको छ । भारतको बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा पाकिस्तानले आक्रमण गरेको छ ।

पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको उक्साहट भएको भन्दै कडा निन्दा गरेका छन् ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय