काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कागेश्वरी मनहरा नगरपालिकामाथी शानदार जीत हासिल गरेको छ । दोश्रो गोदावरी मेयरकप फुटबल प्रतियोगिता २०८२ मा चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकाबीच भएको खेलमा चन्द्रागिरि ४–० गोलअन्तर विजयी भएको हो ।
खेलको पहिलो हाफको १९औं मिनेटमा चन्द्रागिरिको तर्फबाट कप्तान अविरल रिजालले पहिलो गोल गर्नुभयो । खेलको दोश्रो हाफको दुई मिनेटमा जर्सी नम्बर ११ का सायर श्रेष्ठले कागेश्वरी मनहराको पोष्टमा जाली चुमाउन सफल भए । दोस्रो हाफको ११औं मिनेटमा कर्नर पाएपछि बललाई कप्तान रिजालले हेडमार्फत गोल गर्नुभयो । साथै ३४औं मिनेटमा थप गोल गर्दै कागेश्वरी मनहरामाथी चन्द्रागिरिले शानदार ४–० गोलअन्तरले खेल जित्न सफल भयो । कप्तान रिजालले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्न सफल भए ।



अविरल रिजाल आजको खेलको प्लेयर अफ द म्याच घोषित हुन पुगे ।



