काठमाडौं । पूर्वी चितवनको खैरहानीमा दुई समूहबिच खुँडा हानाहान हुँदा तीन जना घाइते भएका छन् । खैरहानी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा सो घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनामा चितवन राप्ती नगरपालिका–४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोले, राप्ती नगरपालिका–२ बस्ने २८ वर्षीय गणेश लामा र खैरेनी नगरपालिका–९ सिमलटाँडी बस्ने २७ वर्षीय अमृत आचार्य घाइते भएका छन् ।



तीनै जनाको हातमा चोट लागेको छ । घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा तीन–चार जनाको समूहमा रहेकाहरुले उनीहरुमाथि खुँडा प्रहार गरेको बताइएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुर बस्ने २९ वर्षीय को मिलन रुम्बा र वर्ष २९ को विशाल लामालाई पक्राउ गरेको छ ।



