काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित सतुंगल चोकमा रहेको राधेराधे कम्प्लेक्समा भीषण आगलागी भएको छ ।
कम्प्लेक्स भित्र रहेको कपडा सिलाउने पसलमा आइरन निभाउन विर्सिदा इलेक्ट्रिक सर्ट भई आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, चन्द्रागिरिका नगरप्रहरी, स्थानीयलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् । मुख्य सडकसँगै आगो लागेकोले सडक अवरुद्ध हुन पुगेको छ । घटनास्थलमा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, जनप्रतिनिधिहरु पुगेका छन् । चन्द्रागिरिको वारुण यन्त्र आगो नियन्त्रणको लागि प्रयोग गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय