काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ वनस्थलीमा पार्किङमा राखेको माइक्रोबस चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्र पार्किङ गरिराखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रिक माइक्रोबस चोरी भएको हो ।



स्याङ्जाको बिरुवा गाउँपालिका १ घर भइ बनस्थली बस्दै आएका १९ वर्षीय सुदीप थापा माइक्रोबससहित धादिङमा पक्राउ परेका हुन् ।
थापालाई चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



