काठमाडौं । देशका अधिकांश स्थानमा अझै तीन दिन पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको महाशाखाले जनाएको हो ।

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरीबतास र चटङ परिरहेको महाशाखाले उल्लेख गरेको छ । मौसमविद्हरुका अनुसार अहिले प्रि–मनसुनको समयमा खासगरी साँझको समयमा चट्याङसहितको वर्षा हुने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय