काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ स्थित थानकोटको गोदाममा २५ शैयाको ‘स्याटलाइट’ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउनको लागि प्रारम्भिक खाका स्वीकृत भएको छ ।
जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा बन्न लाागेको ‘स्याटेलाइट’ अस्पतालका लागि जर्मन विकास बैँक (केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गरेको हो । विस्तृत खाकाको तयारीसँगै भवन बनाउन बोलपत्रको बाटो खुलेको छ ।



अस्पताल भवन बनाउन चन्द्रागिरि नगरपालिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आपसी समझदारी एमओयु भएको थियो ।
केएफडब्लुको केन्द्रीय कार्यालय जर्मनीको प्रतिनिधिमण्डलले अस्पताल बन्न लागेको स्थानको अवलोकन गर्नुभएको थियो ।
यसअघि चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन बलम्बुमा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, कार्यपालिकाका सदस्य, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायतले जर्मन टोलीसँग छलफलमा बसेको थियो । छलफलमा प्रमुख गिरीले अस्पताल निर्माणमा नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको जानकारी गराउनु भएको थियो ।



