काठमाडौं । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाबाट शवसहित पाँज जना बोकेर काठमाडौँ आउँदै गरेको प्रदेश–३–०३–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स खाँडादेवी गाउँपालिका–३ को चार घरे जङ्गलमा दुर्घटना भएको हो ।

दोरम्बा शैलुङ गाउँपालिका–२ बाट शव, एक जना प्रहरी जवानसहित पाँच जना बोकेको एम्बुलेन्स खाँडादेवी गाउँपालिका–३ को चारघरे जंगलमा केहीबेर रोकेर फेरी चढ्ने क्रममा एक्कासि गुडेर सडकबाट करिब एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय चोप्राङ रामेछापले जनाएको छ ।

गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको र एम्बुलेन्समा सवार प्रहरी जवान सकुशल रहेको र चालक सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय