काठमाडौं । चन्द्रागिरि नगरपालिका थानकोटमा फोर्स गाडी र कार ठोक्किएर दुर्घटना भएको छ । थानकोटको सिद्धार्थ बैंक अगाडीको मुख्य सडकमा फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको हो ।
नागढुंगाबाट कलंकीतर्फ जाँदै गरेको BR 01 PC 3754 नम्बरको भारतीय कारलाई पछाडीबाट आएर बा. २ ख ९३९३ नम्बरको फोर्सले ठक्कर दिएको थियो । कारलाई ठक्कर दिएपछि फोर्स गाडी अनियन्त्रित हुँदा घरको भित्तामा ठोक्किन पुगेको थियो ।



दुर्घटनामा मानवीय क्षति नभएको ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ । थप अनुसन्धानको लागि दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छ ।



