काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–३ मा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साँझ ७ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल हुँदा सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र लाोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको हो । मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङ उपचारका लागि पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् । रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

उनीको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको छ । घाइते बारा जितपुरसिमरा उपमहानगरपालिका १७ का छेयाङ दोर्ज लामा र बारा कोल्हवी नगरपालिका–१ का रामगुलाम चौधरीको अवस्था सामान्य रहेको छ ।

चालक राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय