काठमाडौं । हिमाल आरोही कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

३१औं पटकको सगरमाथा आरोहणसँगै शेर्पाले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनु भएको हो । उहाँले आज बिहान ४ बजे सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गर्नुभएको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

इतिहासमै सबैभन्दा धेरै सगरमाथा आरोहणको कीर्तिमान ५५ वर्षीय शेर्पाले बनाउनु भएको छ।

उहाँ २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्नुभएको हो ।

२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आउनु भएका कामीरिताले पहिलो पटक २०५१ सालमा सगरमाथा आरोहण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय