काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० ले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम समापन गरेको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरेको पूर्णखोप कार्यक्रममा वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संचालन समितिका संयोजक शिव महर्जनले वडाले संचालन गरेको अभियानलाई सफल गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।

अध्यक्ष महर्जनले चैत २१ गतेदेखि २९ गतेसम्म संचालन भएको पूर्णखोप अभियानमा १५ महिना सम्मका बालबालिकालाई सतुंगल स्वास्थ्य चौकीका कर्मचारी र स्वयम् सेवकको अथक मेहनतकै कारण आज वडा पूर्णखोप सुनिश्चितता गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले वडाका हरेक घर दैलोमा पुगेर लाइन लिस्टिङ गर्दा १५ महिना सम्मका ८३ जना १६ देखि ५९ महिनाका २३३ जना स्वास्थ्य चौकीबाट र शहरी स्वास्थ्य केन्द्र बोसीगाउँबाट १५ महिनाका बालबालिको संख्या ५० जना र १६ देखि ५९ महिनाका बालबालिकाको संख्या १८९ जना गरी २३३ जना बालबालिका मध्ये २२६ जनाको खोप कार्ड भएको र ७ जनाको खोप कार्ड नभेटिएको जानकारी गराउनु भयो । उहाँले उक्त सात जना बालबालिकालाई २०८२ बैशाख ७ गते पीसीभी, एफ आई पी भी र एमआरआई र एमआरटु ७ जनालाई खोप लगाइएको उल्लेख गर्नुभयो ।

त्यस्तै शहरी स्वास्थ्य केन्द्र बोसीगाउँमा १५ महिनासम्मका बालिबालिकाको खोपकार्ड ४९ जनाको भएको र एउटा बच्चाको खोपकार्ड नभेटिएको बताउनु भयो । साथै १६ देखि ५९ महिनासम्मका बालबालिका १८९ जना मध्ये १७० जनाको खोपकार्ड भेटिएको २९ जनाको नभएको र सर्वेक्षणको क्रममा ६ जना बालबालिकाले लगाउनु पर्ने जति खोप नलगाएको भेटिएको र ती सबै बालबालिकालाई अहिले खोप लगाई सकेको समेत जानकारी दिनुभयो । उहाँले शून्य खोप छुट ड्रपआउट रहित वडा बनाउन सबैको साथ र सहयोग भएकोले सम्भव भएको भन्दै सबैलाई धन्यवाद समेत दिनुभयो ।

अध्यक्ष महर्जनले कर्मचारी र स्वयम् सेवकको मनोबल बढाउन आगामी आर्थिक वर्षमा वडाले विशेष प्याकेजको व्यवस्था समेत गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय