काठमाडौं । अमेरिकाको भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा चार नेपाली मृत भेटिएका छन् । नेपाली ठेगाना यकिन भइनसकेको दुई बालबालिका, एक महिला र एक पुरुषमृत फेला परेका हुन् ।

मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा एक थान बन्दुक भेटिएकोले हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप अनुस्न्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय