काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरसभाको १६ औं अधिवेशन सुरु भएको छ । नगरपालिकाको सभाहलमा दिउँसोबाट सुरु भएको नगरसभाको नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभएको थियो ।
सभामा उपप्रमुख बसन्ती श्रेष्ठले स्वगत मन्तव्य राख्नु भएको थियो । जारी नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को नगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । कार्यक्रममा नगर सभा सदस्यहरुले नीति तथा कार्यक्रममा आ आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले सभा लम्बन सक्ने बताइएको छ ।



सभामा नगर प्रवक्ता, सम्पूर्ण वडाका अध्यक्षलगायत कर्मचारीहरुको सहभागिता रहेको छ । नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुने र असार १५ गते अगाडि बजेट प्रस्तुत गर्ने तयारी रहेको नगरपालिका कार्यालयले जानकारी दिएको छ ।



