काठमाडौं । चन्द्रागिरि नगरपालिका नगर सभाको १६औं अधिवेशन असार ८ गते बस्ने गरि सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा भएको सभामा नगर सभा सदस्यहरुले नगर खानेपानी, सार्वजनिक सम्पत्ति, पुस्तकालयलगायतका नगरको नीति तथा कार्यक्रममै समावेश गरी लैजानु पर्ने जोडदार माग गरेका थिए । सभामा उठेका प्रश्नको सभाका सभाध्यक्ष घनश्याम गिरीले जवाफ दिनुभएको थियो ।






