काठमाडौं । सांसद मेटमणि चौधरीलाई बैङ्किङ कसुरविरुद्ध जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले सांसद चौधरीविरुद्ध हुलाकमार्फत ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको जनाएको छ ।



चौधरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव हुन् ।



