काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा निर्माण भएको ‘फ्लाई ओभर’ विधिवत रुपमा आजबाट संचालनमा आउँदैछ  पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै संचालनमा आउने छ ।

२०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग सरकारले ठेक्का सम्झौता गरेको थियो । २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिए पनि समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी दोस्रोपटक म्याद थप गरिएको थियो । उक्त समयमा पनि पनि निर्माण सम्पन्न हुन नसक्दा २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद पुनः थपियो ।

पटकपटक म्याद थप गर्दा पनि कम्पनी काम सम्पन्न नगर्दा सरकारले दैनिक हर्जना तिराएर काम लगाएको थियो । कम्पनीले करिब १ करोड ४७ लाख हर्जना तिरेको छ ।

ग्वार्को ओभरपासको कुल र्‍याम्प र पुलको लम्बाइ ५७६.२ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्‍याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको छ । बीचको पुल खण्डको लम्बाइ भने ३६.२ मिटर रहेको छ ।

यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ ५४० मिटर (र्‍याम्प) प्लस ३६.२ मिटर (पुल) गरी ५७६.२ मिटर छ भने पुलको चौडाइ १६.४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय