काठमाडौं । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाटै शिक्षा दिन सके आउन सक्ने समस्या समयमै समाधान गर्न सकिने सरोकारवालाहरुले जनाएका छन् ।
सीप सूचना समाज (सिसो), नेपाल र प्लान इन्टरनेसनल नेपालको संयुक्त सहकार्यमा आयोजित ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन पाठ्यक्रममा आधारित बृहत्तर यौन शिक्षाको आवश्यकता भएको औल्याएको हो ।



कार्यक्रममा विद्यालय तहबाट यौन शिक्षा दिन सके यसबाट उत्पन्न हुने समस्याको निराकरण गर्न सहज हुने निष्कर्ष निकालेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेम कार्कीले यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भएपनि समाजमा आफ्ना समस्या खुलेर राख्न र बहस गर्न अहिले पनि नसकिने बताउनु भयो ।



