लमजुुङको मर्स्याङ्दी गाउँपालिकाको पर्यटकीय तीर्थस्थल दूध पोखरी कुण्डमा जलसतह घट्दै गएको छ । विगतका वर्षमा भरिभराउ रहने दूध पोखरी कुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि धार्मिक महत्व र पर्यटकीय शौन्दर्यमा चुनौती थपिएको छ ।
पर्यटकीय गन्तव्य दूध पोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहेकोले दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् ।
समुद्री सतहबाट चार हजार ६ सय मिटर उचाइमा रहेको यो तीर्थस्थललाई महादेवको बासस्थानका रूपमा लिइन्छ । प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । जनैपूर्णिमाको दिन कुण्ड गएर स्नान गरेर पितृलाई तर्पण दिए पितृमोक्ष हुने विश्वास छ ।
लमजुङ, गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौंलगायत देशका विभिन्न स्थानबाट कुण्डमा स्नान गर्न धार्मिक भक्तजन पुग्ने गर्दछन् ।  यो कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जानै नपर्ने विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय