रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा मंगलबार राति आगलागी भएको छ। विद्युत सर्ट भएर राति करिब ९ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले बताउनुभयो। समयमै आगो नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षति हुनबाट जोगिएको उहाँले जानकारी दिनुभयो। सबस्टेशन नजिकै बुटवल वडा नम्बर १० र तिलोत्तमा २ को घनाबस्ती रहेको छ।

आगलागीका कारण बुटवल र तिलोत्तमा क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ। विद्युत् आपूर्ति सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय