म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दर खोलामाथि झोलुङ्गे पुल निर्माण भएको छ । २ करोड ३१ लाख ३६ हजार ७ सय ५० रुपैयाँको लागतमा ३ सय ६६ मिटर लामो पुल निर्माण पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले गरेको हो ।

पुल निर्माणसँगै धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा गाउँपालिका पुग्न घण्टौं हिड्नु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।

पूर्वाधार कार्यालय र निर्माण कम्पनीबीच वि.सं. २०८२ मंसिरसम्म पूरा गर्ने गरी सम्झौता भएको थियो । पुल निर्माणको काम सम्पन्न भएसँगै कम्पनीले पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय