मंगलवार राती देखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार रोशी गाउँपालिका वडा नं ९ पिन्थलीबेशी, रोशी ९ को फेदीखोला तथा रोशी ७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी निरीक्षक कार्कीका अनुसार रोशी ९ को फेदीखोलाको लेदो हटाईसकिएको तथा रोशी गाउँपालिका वडा नं ९ पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी रहेको जानकारी दिए ।

सडक विभाग र स्थानीय रोशी गाउँपालिकाको समन्वयमा लेदो पन्छाउने कार्य भइरहेको जानकारी दिँदै अबको १ डेढ घण्टामा राजमार्ग संचालनमा आउने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई होल्डमा राखिएको छ । लेदोको कारण सडक अवरुद्ध भएकोले सिन्धुली जिल्लाबाट काभ्रे तर्फ जाने सम्पुर्ण सवारी साधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय