काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ को किसिपिडीमा करेन्ट लागेर एक जनाको मृत्युभएको छ । सडक बत्ती मर्मत गर्ने क्रममा पोलमा चढेका स्थानीय नवीन महर्जनलाई एक्कसी करेन्ट लागेपछि भर्याङबाट खसेर दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार महर्जन सडक बत्ति मर्मतका लागि विजुलीको पोलमा चढेको र कुनै पनि सेफ्टीका सामान प्रयोग नगरेकै कारण ठूलो दुर्घटनामा परेको अनुमान गरेका छन् । टाउँकोमा गम्भीर चोट लागेका स्थानीय ३६ वर्षीय महर्जनको सतुंगलस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्युभएको प्रहरी वृत्त थानकोटले बताएको छ ।

महर्जनको शव पोष्टमार्टमको लागि पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय