काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गएराति करिब पौने एक बजेबाट आगलागी भएको अनुमान गरिएको छ ।
जस्तापाताले छाएको एकतले कच्ची भवनमा सञ्चालित उक्त उद्योग आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको जानकारी राति प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।



उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आगलागी भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ । विद्य्त सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ ।



