मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६, हटियास्थित शिवम् सिमेन्ट उद्योग परिसर भित्रबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साउन ३ गते उद्योगको मेकानिकल वर्कशप भित्र रहेको क्रसरको सापटको बुस (पित्तलको) लगायतका सामग्री चोरी भएको भन्दै उद्योगले प्रहरीमा उजुरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा सर्लाही बसबढिया गाउँपालिका वडा नम्बर ०३ बस्ने २५ वर्षीय सुनिल कुमार यादव, रौतहट गरुडा नगरपालिका वडा नम्बर ०५ बस्ने २५ वर्षीय पवन यादव र सोही ठाउँका २१ वर्षीय रितेश कुमार यादवलाई पक्राउ गरेको जनाएको छ।

चोरीको सामानसहित उनीहरूलाई मिति २०८२ साउन ५ र ६ गते मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित सडकबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। पक्राउ परेका तीनै जनामाथि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौडाबाट चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय