प्रधानमन्त्री केपी शर्मा ओली सुक्खाग्रस्त मधेश प्रदेशका महोत्तरी र बारा जिल्लामा जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली बिहान साढे दश बजे काठमाडौंबाट महोत्तरीको मटिहानी नगरपालिकाका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले त्यहाँ विग्ही नदीमा बनेको पुल उद्घाटन गर्नुहुनेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि कार्यक्रममा अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

लगत्तै नगरपालिकामा निर्माण भएको प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले आजै दिउँसो जनकपुर कुर्था सम्सी सडक खण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्नुहुनेछ । त्यसपछि दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्रीले सुक्खाग्रस्त मधेशको स्थलगत निरीक्षण र किसानसँग भेटघाट गरेर उनीहरूका समस्या सुन्ने पनि कार्यक्रम छ । सरकारले केही दिनअघि मात्र मधेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । प्रधानमन्त्री ओली दिउँसो ३ बजे काठमाडौं फर्कने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय