काठमाडौं । चन्द्रागिरि नगरपालिकामा सुनचाँदी व्यवसायी तथा कालिगढ संगठित भएका छन् । शनिबार सतुंगलस्थित डि याला क्याफेमा आयोजित अन्तरक्रिया कार्यक्रममा चन्द्रागिरि सुनचाँदी व्यवसायी तथा कालिगढहरुको संघ गठनको घोषणा गरिएको हो । भेलाले पुरुषोत्तम सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्षमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन सचिव, कोषाध्यक्ष र सल्लाहकार रहेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनारले चन्द्रागिरिमा रहेका सुनचाँदी व्यवसायी तथा कालिगढहरुको समस्या सहजताका लागि संघ गठन गरिएको बताउनु भयो । उहाँले २०८२/०८३ को बजेटमा राज्यले सुनचाँदी तथा हिरामोतीमा लगाएको विलासिता करप्रति आपत्ति समेत जनाउनु भयो । अध्यक्ष सुनारले संघले आगामी दिनमा व्यवसायी तथा कालिगढहरुको हकहितका लागि आवाज बुलन्द बनाउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मुकुन्द प्रसाद घिमिरेले संघ गठन भएकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले संघलाई अझ बलियो र आफ्ना हकहितका लागि सशक्त भएर अघि बढ्न सुझाव पनि दिनुभयो । कार्यक्रममा सुनचाँदी व्यवसायी, कालिगढ, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय