पाँचथरको फालेलुङ गाउँपालीका ५ र ३ लाई जोड्ने सासुटार भन्ने ठाउँमा हेवा खोलामा बेलिब्रिज जडान गरिएको छ । पूर्वाधार कार्यालय पाँचथर मार्फ्त कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलले बेलिब्रिज बनाएको हो । २०८० असार–२ गतेको बाढीले यहाँको पुल बगाएको थियो । ५० मीटरको बेलिब्रिज जडान गरी गाडी सञ्चालनमा ल्याइएको पूर्वाधार कार्यालय पाँचथर प्रमुख शैलेन्द्र सिंह जानकारी दिए ।

१ करोड ४० लाख ९ हजार ७ सय २० बजेट खर्च गरेर बेलिब्रिज जडान भएको कार्यालयले जाानकारी दिएको छ । बेलिबिज मन्त्रालयले उपलब्ध गराएको थियो । मच्छेबुङ–लुमाङदिन–भैसे–चारराते सडक खण्डमा पर्ने सो पुल एम-एस दोभान-डिआए जेभी उदयपुरले ठेक्का पारी काम सम्पन्न गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय