काठमाडौं । कोशी प्रदेशका १४ जिल्लामै डेंगुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयका अनुसार कोशीमा ३ हजार १ सय ८१ जना सङ्क्रमित रहेका छन् । जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ । पहाडी जिल्लामा डेंगु संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ ।
हालसम्म मोरङमा ९ सय १३, झापा ८ सय ९७, सुनसरी ३ सय ७७, उदयपुरमा २ सय ७५, भोजपुर २ सय २६, धनकुट्टा १ सय ४३, ओखलढुङ्गा १ सय २१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगुको संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ ।



एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगुको संक्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।



