काठमाडौं । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको समय निर्धारण गरिएको छ । निर्वाचन आयोगले रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको सूचना जारी गरेको छ ।

उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले कार्यालयमा समयभित्र दल दर्ता गराउनु पर्नेछ । २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का दीपक बोहोरा विजयी हुनु भएको थियो ।

गएको चैत १९ गते बोहराको निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय