एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहकारका कारण नेपालको कम्यूनिष्ट आन्दोलनलाई सिघिने मोडमा पुगेको दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज स्थानीय पत्रकारहरुसंग कुराकानी गदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपाललले एमालेमा अहिले जुन खालको तमसा चलिरहेको छ त्यसले नेपालको कम्युनिष्ट आन्दोलन सिध्याउन अध्यक्ष ओली लागी परेको बताउनुभयो ।



पूर्व राष्ट्रिपति विध्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोक्ने खेललाई तमसाको संज्ञा दिदै नेता नेपालले यस्तो खालको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलनको अस्तित्व समाप्त हुने भनाई छ ।नेपालले पूर्व राष्ट्रपति उपराष्ट्रिपतिलाई पुनःराजनीतिमा सक्रिय हुन संविधान र कानुनले नरोकेकोपनि प्रष्ट पार्नुभयो । एक अर्को प्रंसगमा नेता नेपालले वर्तमान सरकारको नेतृत्व गरीरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई नगरसम्म मुलुक सकै किसिमको पिडाबाट मुक्त हुन नसक्ने पनी बताउनुभयो ।
नेता नेपालले एकृकीत समाजवादी र माओवादी केन्द्र बिच पार्टी एकीकरण नभएर सहकार्य र मोर्चाको बिषयमा मात्र कुरा भईरहेको प्रष्ट पार्नुभयो ।पार्टीका बरिष्ठ नेता झलनाथ खनालले एक टिभी सोमा एमाले विभाजन गराउनु गल्ति भएको भनी दिएको अभिव्यक्ति प्रति अध्यक्ष नेपालले पार्टीको विपक्षमा गएर यस्तो अभिव्यक्तिी दिने नेता खनाललाई नैतिक रुपमा पदवाट राजीनामा दिएर पार्टी छाडनु पर्ने बताउनुभयो ।



