बहुविवाह निषेध गरिएको ७ वर्षपछि सरकारले कानुन संशोधन गर्दै ‘सर्तसहितको बहुविवाह’लाई मान्यता दिने तयारी थालेको छ। कानुन मन्त्रालयले तयार पारेको नयाँ मस्यौदामा निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्ताव गरिएको छ । यसको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा अनशन नै सुरु भएको छ भने कानूनका जानकार पनि मस्यौदासँग सहमत देखिँदैनन् ।

२०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले बहुविवाहलाई स्पष्ट रूपमा दण्डनीय अपराध मानेको थियो ।
संहिताको धारा १७५ ले स्पष्टतः

विवाहित अवस्थामा दोस्रो विवाह गर्न नहुने व्यवस्थाु गरेको थियो । जहाँ
विवाहित पुरुष वा महिला दुबैले दोस्रो विवाह गरे कानुनी रूपमा त्यो विवाह अमान्य हुने
दोस्रो विवाह गर्नेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना
बच्चा जन्मिए पनि पति-पत्नी सम्बन्ध नमानिने, तर बच्चा भने दुवै बाबुआमाका अधिकारयुक्त सन्तान मानिने
जान्दाजान्दै विवाहु गरेमा पनि महिलालाई कारबाहीको व्यवस्था
बहुविवाह स्वतः बदर हुने स्पष्ट व्यवस्था

यो कानुनले एकल विवाहलाई मात्र कानुनी रूपमा वैधता दिएको थियो र यसलाई तोड्ने जोकोहीलाई सजाय सुनिश्चित गरिएको थियो।

अब के प्रस्ताव गरिएको छ ?
कानुन मन्त्रालयले तयार पारेको मस्यौदाले २०७५ को संहितालाई संशोधन गर्दै बहुविवाहमा केही ुसर्तसहितको छुटु दिने प्रस्ताव गरेको छ।

प्रस्तावित मस्यौदा
गर्भधारण वा बच्चा जन्मिएको खण्डमा दोस्रो विवाह मान्य हुने
विवाहित व्यक्तिले अर्कीसँग सम्बन्ध राखे र त्यो सम्बन्धबाट गर्भधारण वा बच्चा जन्मिए, त्यो सम्बन्धलाई कानुनी विवाहको रूपमा मान्यता दिने
यस्तो अवस्था भएमा त्यो विवाह स्वतः बदर नहुने
लैङ्गिक सन्तुलन देखाउने शब्दावलीको प्रयोग
विवाहित पुरुषु भन्ने शब्द हटाएर विवाहित व्यक्ति लेखिने
यसले महिला र पुरुष दुवैलाई बहुविवाहबाट रोक लगाउने उद्देश्य राखिएको
जान्दाजान्दै विवाह गर्ने महिलालाई’ दण्ड दिने प्रावधान हटाइयो

उपदफा २, जसमा विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई दण्ड दिने प्रावधान थियो, हटाइएको छ । धारा १७५ को उपदफा ३ र ४ यथावत् राख्दै अंशबन्डा भएमा मात्र दोस्रो विवाह गर्न सक्ने व्यवस्था र सजाय सम्बन्धी व्यवस्था पुरानै राखिएको छ । प्रस्तावित मस्यौदाले लैंगिक समानता ल्याउँछ भन्ने सरकारी भनाइको प्रतिकार गर्दै कानूनी जानकार भने सामाजिक न्याय र लैंगिक समानताको दृष्टिकोणबाट महाप्रतिगमन भएको टिप्पणी गर्छन् । मस्यौदा बनाउँदा समाजसँग जोडिएका व्यक्तिसँग छलफल नगरी ल्याउनु उचित नहुने जानकार बताउँछन् ।

युरोप, अमेरिका, जापान जस्ता सभ्य समाजमा बहुविवाह पूर्णतः निषेध भएको स्मरण गराउँदै यो संशोधनले नेपालको कानुनी प्रतिष्ठालाई अन्तर्राष्ट्रिय रूपमा क्षति पुर्याउने तर्क राखेका छन्। यस्तै बालविवाहसम्बन्धी प्रस्तावमा पनि उमेर वर्गीकरण गरी १६ वर्षभन्दा माथि विवाह भएको अवस्थामा, यदि बच्चा जन्मिए वा गर्भ रहे, त्यो विवाह मान्यता प्राप्त हुने व्यवस्था गरिएको छ। यसले किशोर-किशोरीलाई थप जोखिममा पार्ने र बालविवाहलाई परोक्ष रूपमा मान्यता दिने खतराको संकेत दिन्छ। संसद, कार्यपालिका र न्यायपालिका सबै मिलेर यस्ता मस्यौदाहरूमाथि गम्भीर छलफल नगरी पारित गरिएमा यो मुलुक सामाजिक रूपमा अझै पछि धकेलिने जानकार बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय