खोटाङ, साउन १९ – खोटाङको तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोलानजिक एक विङ्गर गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
दुर्घटना सिराहाको नरहा गाउँपालिका–५, ३, र २ नम्बर वडाका १७ जना श्रद्धालु हलेसी दर्शन गरेर फर्किने क्रममा भएको हो। उनीहरू सवार प्र।२–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी सोमबार बिहान करिब २०० मिटर तल खस्दा नरहा–३ की ३६ वर्षीया ममतादेवी यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय