चितवन । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालमा पर्दछ भरतपुर अस्पताल । वर्षमा १६ हजार भन्दा बढीले भरतपुर अस्पतालबाट प्रसूति सेवा लिंदै आएपनि अहिले प्रत्येक स्थानीय तहमै प्रसूति सेवा विस्तार भएपछि सेवाग्राहीको संख्यामा कमी आएको छ ।
गत आर्थिक वर्ष २०८१-०८२ मा ८ हजार ३ सय १८ जनालाई प्रसूति सेवा दिइएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । सो सप्ताहको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, स्तनपानसम्बन्धी मिथ्या धारणा हटाउनु र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्नु हो ।



यो वर्ष विश्व ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने नारा दिइएको छ ।



