काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जानु भएको हो ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान जानु भएको थियो । उहाँ आज राति ११ बजे काठमाडौं आइपुग्नु हुनेछ ।



प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेटवार्ता गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।



