काठमाडौं । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका ४० जना नेपाली महिलाको उद्दार गरिएको छ ।

भारतको राजधानी दिल्लीबाट उनीहरु गैरकानूनी रूपमा खाडी मुलुक जान लागेका उनीहरुलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा बुधबार राति उद्धार गरिएको हो । उनीहरूलाई आज रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौं ल्याइने छ ।

दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो । त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारीमा रहेकाले उनीहरूलाई छाडिएको थियो । अन्य ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउन लागिएको थियो ।

उनीहरुलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पु¥याइएको खुलेको छ । तर, उनीहरु भिजिट भिसा तथा भारतको बाटो प्रयोग गर्ने विकल्प प्रयोग गरी त्यहाँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय