सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२, चाँदनी चौकमा शनिबार बिहान बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र।१–०१–००१ख ४५६० नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ साइकलमा गइरहेका स्थानीय ६८ वर्षीय बुदुर चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर दिएकै कारण चौधरी साइकलसहित लडेर बाटोमै लडेका थिए। त्यसपछि बसले उनलाई करिब ५० मिटरसम्म घिसार्दै लगेको स्थानीयले बताएका छन्।

घटनास्थलमै चौधरीको मृत्यु भएको पुष्टि इलाका प्रहरी कार्यालय कंचनपुरले गरेको छ। दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र बस तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। राजमार्ग अवरोधका कारण यातायात सेवा प्रभावित भएको छ भने सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय