तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले विजयको यात्रा सुरु गरेको छ । सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयको यात्रा सुरु गरेको हो । भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको उद्घाटन खेलमा विजय यात्रा सुरु गर्दै सुनसरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । खेलको २६ औं मिनेटमा आयोजकको तर्फबाट संजय श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो ।

तर, खेलको ७० औं मिनेटमा सुनसरीका निरज खड्काले पहिलो गोल गर्दै टीमलाई बराबरीमा ल्याउन सफल हुनुभएको थियो । यस्तै पुन खेलको ७४ औं मिनेटमा सुनसरीका योगन राईले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउनु भएको थियो ।

यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदै छ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय