पहिलो संस्करण कर्णाली याकसबाट खेलेका देव खनाल दोस्रो संस्कारमा चितवन राइनोजबाट खेल्ने भएका छन् । ए श्रेणीका उनलाई गोलाप्रथाबाट चिवाटनले पारेको हो । देवलाई लिन लुम्बिनी पनि प्रतिस्पर्धामा थियो । देवलाई कर्णालीले रिलिज गरेपछि मिनी अक्सनमा सामेल भएका हुन् । दोस्रो नम्बरमा आएका देव अक्सनमा बिक्री हुने पहिलो खेलाडी हुन् । यस्तै पुलिसका विकेटकिपर दिलिप नाथ दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्समा आबद्ध भएका छन् । उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका हुन्। उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए । यस्तै हेमन्त धामीलाई १० लाखमा सुदूरपश्चिम रोयल्सले खरिद गरेको छ ।



नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणका निम्ति सुरु भएका अक्सनमा १४ जना थपिएका छन् । अक्सनमा तीन क्याटागोरी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा ९ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । तर, पछि १४ खेलाडी थपिएका हुन् । आज प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन् । प्रतियोगिताका निम्ति आयोजक नेपाल क्रिकेट संघ क्यान ले नोभेम्बरलाई वार्षिक क्यालेन्डरमा राखेको छ । तर, हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन ।



