विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुबाटोलमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर विहान ठोक्किएर दुर्घटना भएको हो ।
मृत्युभएका २ पुरुष र १ महिला रहेको र घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको मध्यम र १ जनाको अवस्था सामान्य छ । घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



त्यस्तै, जिल्ला अस्पताल इनरुवामा पुर्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।



