काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसको कोटाबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ उपकुलपति बन्नुभएको छ भने नेकपा एमालेबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाउनु भएको छ । उहाँ ओली निकट हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरतबहादुर खत्री नियुक्त हुनुभएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।पुजनकुमार रोकायाले उपकुलपतिको जिम्मेवारी पाउनु भएको छ ।

बीपी र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेको भागमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय