काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिनुभएको हो । यही साउन २० गते आफूसहित ८ मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्री बानियाँले आज कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बिनु रायमाझी पौडेललाई नियुक्त गर्नुभएको हो ।



यसअघि मुख्यमन्त्री बानियाँले नेकपा एमालेबाट मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, भरत केसीलाई वन तथा वातावरण, जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा नियुक्त गरिसक्नु भएको थियो ।



