जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकारहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाका सवालमा आवाज उठाउँदै आन्दोलन थालेका हुन् । आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाले ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ । प्रशासनले सम्भावित अप्रिय घटना रोक्न कडाइ गरेको भए पनि पत्रकारहरूले भने आफूहरूको आन्दोलन शान्तिपूर्ण ढंगले निरन्तर चलिरहने जनाएका छन् ।



आन्दोलनरत पत्रकारहरूले माग सम्बोधन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन् । उनीहरूले तत्काल सरकारले पत्रकारमाथि भइरहेको दमन अन्त्य गर्नुपर्ने, स्वतन्त्र रिपोर्टिङ सुनिश्चित गर्नुपर्ने र पत्रकार सुरक्षासम्बन्धी कानुन कडाइका साथ लागू गर्नुपर्ने माग गरेका छन् ।



