काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका नजिकिदै गर्दा चन्द्रागिरि नगरपालिकालाई पनि तीजले छोएको छ । यसैक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले तीज पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले तीज पर्वको अवसरमा नगरबासीलाई अग्रिम शुभकामना दिनुभयो । उहाँले यस्ता कार्यक्रमले महिला दिदीबहिनी, आमाहरुमा आत्मियता बढ्ने र समाजलाई ऐक्यबद्ध बनाउन मद्दत पुग्ने बताउनु भयो ।

यस्तै समाजसेवी इश्वर लामाले घरमा अहिले पनि महिला माथी हिंसा हुने गरेको बताउनु भयो । महिला हिंसा बलजफ्ती मात्र नभई उनीहरुको अधिकार हनन हुने कुनै पनि गतिविधि हिंसा भएको उल्लेख गर्नुभयो । उहाँले तीज पर्वका लागि स्थानीय निकायले छुट्याउँदै आएको बजेट अपुग भएको भन्दै आगामी वर्षमा पुनः विचार गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रमको सभापतित्व गर्दै वडा नम्बर ७ की महिला सदस्य उमा कुमारी थापाले हरेक वर्ष महिलाहरुले मनाउँदै आएको तीज कार्यक्रमको सामाजिक संजालमा टीकाटिप्पणी हुने गरेकोले यो वर्ष सार्वजनिक सुचना नगरी टोलटोल, ज्येष्ठ नागरिक, विभिन्न महिला समूहलगायतलाई आन्तरिक रुपमा निमन्त्रणा गरी मनाइएको बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाकाले हरेक वर्ष तीजका लागि प्रत्येक वडामा २–२ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटप्रति अधिकांशले असन्तुष्टि समेत व्यक्त गर्दैआएका छन् । आर्थिक वर्ष २०८२÷०८३ को लागि पनि नगरपालिकाले प्रत्येक वडालाई बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष शम्भुकुमार केसी, वडा सदस्य भुवन केसी, पूर्णकुमारी बयलकोटी, विभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, वडाका महिलाहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय