काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तान शाहीन्ससँग खेल्दैछ । नेपाली समय अनुसार खेल सवा ३ बजे सुरु हुनेछ ।
​
नेपाले अहिलेसम्म खेलेको पाँच खेल मध्ये तीन खेलमा पराजित बेहोरेको छ भने दुई खेलमा जित हासिल गरेको छ । नेपाल तालिकाको ७औँ स्थानमा छ । नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ । भदौ १२ गते साउथ अष्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ भने १४ गते नेपाल र साउथ अष्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छ । अष्ट्रेलिया भ्रमण सकेर नेपाली टोलीले यएई जाने छ । शारजाह क्रिकेट रंगशालामा नेपाली टोलीले असोज ११, १२ र १४ गते दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

यस ऐतिहासिक सिरिज पछि नेपालले ओमानमा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट खेल्ने छ । छनोट प्रतियोगितामा नेपाल समूह २ मा छ । नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ ।

समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय